वीरगन्जमा ८५ किलो गाँजासहित तीन जना नियन्त्रणमा


eShilalekh

७ मंसिर २०८१, शुक्रबार १३:४९

सिमराः प्रहरीले ८५ किलो लागूऔषध गाँजासहित वीरगन्जबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । वडा कार्यालय विर्ता र ईनर्वास्थित प्रहरी चौकीको संयुक्त टोलीले बाइपास सडकखण्डबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले सिन्धुपाल्चोक बलेफी गाउँपालिका ६ का ३६ वर्षीय शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिका ९ का ४८ वर्षीय प्रेम रुम्बा, मकवानपुर कैलाश गाउँपालिका १ का ३८ वर्षीय सूर्यबहादुर मोक्तानलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । भारतीका अनुसार ना४ख ९२५८ नम्बरको मिनी कन्टेनरभित्र गाँजा लुकाएर ढुवानी गरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीन जनालाई लागूऔषध कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्