जीतपुरसिमरामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान सुरु भएको हो ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म देशभर यो अभियान संचालन हुँदै आएको छ । स्थानीय सरकारले पनि यो समयमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
जीतपुरसिमरामा नगर कार्यपालिकाको कार्यालयसहित २४ वटै वडा कार्यालयमा लैंगिक हिंसाविरुद्धको ब्यानर राखेर अभियानको सुरुवात गरिएको छ । उपमहानगरपालिकामा आयोजित अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख राजन पौडेल, सामाजिक विकास शाखा प्रमुख रमेश सुवेदीलगायत उपस्थित थिए ।
१६ दिनसम्म सचेतनामूलक कार्यक्रम आयोजना सामाजिक विकास शाखा प्रमुख सुवेदीले जानकारी दिए ।