औषधी र खुद्रा सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


बिनिता खत्री

१० मंसिर २०८१, सोमबार १८:५५

सिमराः बिलबिजक भन्दा बढी सामान बोकेको आशंकामा पर्सा प्रहरीले वीरगन्जबाट एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्जस्थित घण्टाघर चोकबाट ना४ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

करिब ६९ लाख मूल्य बराबरको औषधी र खुद्रा सामान लिएर चितवनतर्फ जाँदै गरेको ट्रकलाई बिलबिजक भन्दा बढी सामान बोकेको आशंकामा नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

सामानसहित नियन्त्रणमा लिइएको उक्त ट्रकलाई थप अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रवक्ता लम्सालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्