वीरगन्जबाट सुनसहित एक युवक पक्राउ
सिमराः प्रर्सा प्रहरीले करिब १४ लाख मूल्य बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भेडियाहीका २८ वर्षीय जयप्रकाश कुमार सोनार रहेका छन् ।
वीरगन्ज महानगरपालिका ८ लिंक रोडमा ना६२प २७०५ नम्बरको मोटरसाइकलमा सवार सोनारको साथबाट १०७.८९ ग्राम सुन बरामद भएको प्रहरी प्रवक्ता किशोर लम्सालले जनाएका छन् । सोनारको साथबाट सुन खरिद विक्रीको कागजात नभेटिएपछि नियन्त्रणमा लिएको प्रवक्ता लम्सालको भनाई छ ।
प्रवक्ता लम्सालले बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार रहेको र युवकलाई सुनसहित थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।