अनेरास्ववियुले सिमरामा रक्तदान कार्यक्रम गर्दै, सहभागी हुन अपिल


eShilalekh

१३ फाल्गुन २०७८, शुक्रबार २१:२८

सिमरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शनिवार विहान रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सिमरास्थित मुख्य चोकमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रत्येक वर्ष हुने कार्यक्रमलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियुका जिल्ला सदस्य निर्जल घिमिरले जानकारी दिएका छन् । घिमिरेका अनुसार सिमराको टिकट काउन्टर पछाडीको स्थानमा कार्यक्रम आयोजना हुनेछ ।

अनेरास्ववियुले कार्यक्रममा सहभागी हुन सबैलाई सार्वजनिक अपिल समेत गरेको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजना हुने कार्यक्रमबाट रगतको अभाव हुन नदिन सहयोग पुग्नेमा आशावादी रहेको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्