जीतपुरसिमरामा १५ कार्यालय सहयोगी पदका लागि पाँच सय जनाको आवेदन


eShilalekh

१७ मंसिर २०८१, सोमबार २०:२४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरेको १५ जना कार्यालय सहयोगी पदका पाँच जय जनाले आवेदन दिएका छन् । उपमहानगरपालिकाले २१ दिने सूचना जारी गर्दै १५ जना कार्यालय सहयोगी पदका लागि आवेदन खुल्ला गरेको थियो ।

उक्त १५ पदका लागि सोमबार कार्यालय समयसम्म पाँच सय जनाले आवेदन दिएका हुन् । उपमहानगरपालिकाको पदपूर्ति समितिका सदस्य सचिव रामेश्वर बन्जाराले सूचना जारी गर्दै पाँच सय जनाको दरखास्त स्विकृत भएको जनाएका छन् ।

उपमहानगरपालिकाले आठ खुल्ला, दुई महिला, दुई आदिवासी जनजाति, दुई मधेसी र एक दलित गरी १५ जना कार्यालय सहयोगी कर्मचारी माग गरेको थियो । हेर्नुहोस् दरखास्त स्वीकृत भएको नामावली ।

प्रतिक्रिया दिनुहोस्