कलैया उपमहानगरपालिका २७ मा वडाध्यक्ष नकआउट फूटबल प्रतियोगिता सुरु

सिमरा: कलैया उपमहानगरपालिका वडा नं. २७ मा दोस्रो वडाध्यक्ष नकआउट फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच वडाध्यक्ष अशोककुमार तिवारीले उद्घाटन गरेका थिए ।
उद्घाटन खेलमा अमाव थस्कौल बिजयी भएको छ । अमावले मझौलिया श्रीपुरलाई पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत शुक्रवार दुई खेल हुनेछ । आयोजकका अनुसार पहिलो खेल छातापिपरा र रामपूर्वाबीच हुनेछ भने दोस्रो खेलमा वीरगन्ज र टांगियावस्ती भिड्नेछन् ।
पुस २ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् ।
कलैया उपमहानगरपालिका वडा नं. २७ को आर्थिक सहयोगमा श्री ब्रम्हबाबा युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रधुम्न चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य एवम् मदन भण्डारी फाउन्डेशन मधेस प्रदेशका अध्यक्ष राजमहमद राय, कलैया उपमहानगरपालिका २ का वडाध्यक्ष राजेश मण्डल, मदन भण्डारी फाउन्डेशन जिल्ला कमिटी सचिव दीपेन्द्र साह, वडा सदस्य आलमहमद अन्सारी, प्रभु साह, शिवनाथ सहनी, रामानन्द बैठा, जीतेन्द्र सहनीलगायतको उपस्थिति रहेको थियो ।
