रवि लामिछानेलाई बयानका लागि आज वीरगञ्ज लगिने


eShilalekh

२४ मंसिर २०८१, सोमबार १२:३३

सिमराः सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछानेलाई बयानका लागि आज वीरगन्ज लगिने तयारी गरिएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीमा बचत अपचलनको आरोप लागेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा बयान लिनुपर्ने भएका प्रहरीले बयानका लागि लामीछानेलाई वीरगञ्ज लग्ने तयारी गरेको हो ।

बयान सकिएपछि लामिछानेलाई पुनः पोखरा फर्काइने प्रहरी स्रोतले जानकारी दिएको छ । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्