यी हुन् बाराबाट पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकार
सिमराः नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनले केन्द्र, प्रदेश र जिल्लाको नयाँ नेतृत्व चयन गरिसकेको छ । निर्वाचनबाट केन्द्रीय अध्यक्षमा निर्मला शर्मा, मधेश प्रदेश अध्यक्षमा श्याम बन्जारा र बाराको अध्यक्षमा रमेश सुवेदीको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।
बारा शाखामा सम्पन्न निर्वाचनले सुवेदीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पन्नालाल दास, महिला उपाध्यक्षमा प्रियंका दास, सचिवमा पुष्पराज खतिवडा, सहसचिवमा इन्दिप कोईराला, समावेशी सहसचिवमा दुष्यन्त चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा जिउतप्रसाद यादव, प्रलाद तिमिल्सिना, तुलसा घिमिरे, धिरेन्द्र तिवारी, नविन चौधरी, नुरआलम मंसुर, धिरेन्द्र पनुहर, राहुल गुप्ता, प्रभुप्रसाद यादव, चन्दन मेहता, शर्मालाल बैठा, नरेश गुप्ता र नारायण पौडेल निर्वाचित भएका छन् । गुप्ता र पौडेलले समान ८१÷८१ मत प्राप्त गरेकाले दुबैको कार्यकाल आधाआधा रहनेछ ।
यसैगरी निर्वाचन प्रक्रियाबाट पाँच जना केन्द्रीय परिषद् सदस्य र १० जना प्रदेश परिषद् सदस्य निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा गोकुल घोरसाईन, कमलकुमार उपाध्याय, लक्ष्मी साह, भोजराज भट्टराई र सत्यप्रसाद श्रेष्ठ रहेका छन् । प्रदेश परिषद् सदस्यमा श्याम गुप्ता, मनोज साह, लक्ष्मी पाण्डे, सिकिन्द्र साह, भोलानाथ पौडेल, गम्भीरा सहनी, रामेश्वर मेहता, अनिलकुमार साह, श्रीकान्त गुप्ता र पवन यादव निर्वाचित भएका छन् ।
निर्वाचनबाट बाराका सिकेन्द्र पासवान केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनि केन्द्रीय सदस्य (दलित) तर्फबाट निर्वाचित भएका हुन् । यसैगरी मधेश प्रदेश कार्यसमितिको कोषाध्यक्षमा अनिल गौरव निर्वाचित भएका छन् । यस्तै मधेश प्रदेश कार्यसमिति सदस्यमा बृजमोहन कुशवाहा, साजिर मंसुर, सञ्जिवकुमार मिश्र, प्रकाश श्रेष्ठ, जियालाल चौधरी र सविता अर्याल निर्वाचित भएका छन् ।