सशस्त्र प्रहरीद्धारा गाँजा र चरेस बरामद


eShilalekh

१४ फाल्गुन २०७८, शनिबार १७:४२

पचरौताः बाराको सिम्रौनगढमा सशस्त्र प्रहरीले ५० केजी गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।

सूचनाको आधारमा सिम्रौनगढस्थित सशस्त्र प्रहरी र मधेस प्रदेश छिन्नमस्ताको संयुक्त टोलीले पचरौता १ पिपरपातीस्थित इनर्वाबाट गाँजा बरामद गरेको हो । प्रहरीको टोलीलाई देख्नेवित्तिकै तस्कर गाँजा छोडेर फरार भएको सशस्त्र प्रहरीको भनाई छ ।

यसैगरी पचरौता ७ बेनौलीबाट सशस्त्र प्रहरीले १० केजी चरेस बरामद गरेको छ । भारततर्फ लैजान लागेको चरेस सशस्त्र प्रहरीलाई देख्नेवित्तिकै तस्करले छोडेर भागेको र उक्त चरेस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक लिलाबहादुर ठाडामगरले जानकारी दिए ।

यसअघि सिम्रौनगढको महुवानीमा बुधवार राती नेपाल प्रहरीले ७५ केजी गाँजा बरामद गरेको थियो । सो क्रममा प्रहरी र गाँजा तस्करबीच दोहोरो फायरिंङ हुँदा एक भारतिय नागरिकको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्