वैदेशिक रोजगारको प्रलोभनमा ठगी, दुई जना पक्राउ


eShilalekh

३ पुष २०८१, बुधबार १७:५८

सिमराः विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारधाम नगरपालिका ४ का ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका ९ का ३९ वर्षीय रुपेश कुमार चौधरी रहेका छन् । राजकुमारलाई काँडाघारी र रुपेशलाई टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राजुले दुई जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्