टांगियाबस्तीस्थित शान्ति आधारभूत विद्यालयको ६ कोठे भवनको शिलान्यास सम्पन्न


eShilalekh

३ पुष २०८१, बुधबार २०:२३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीस्थित शान्ति आधारभूत विद्यालयको ६ कोठे भवनको बुधबार शिलान्यास गरिएको छ । बारा क्षेत्र नं. ३ (१) का मधेश प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयको पहलमा साथी नेपाल र चाइल्ड रेस्क्यु नेपालले ६ कोठे भवन निर्माण गर्न लागेको हो । उक्त भवन निर्माणका लागि उपमहानगरपालिकाले प्राविधिक सहयोग गर्नेछ ।

भवन शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, साथी नेपालकी अध्यक्ष सरिता सापकोटा, जीतपुरसिमरा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पवित्रामाया कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सापकोटा, इन्जिनियर ललितकिशोर यादवसहित स्थानीयको उपस्थिती रहेको थियो ।

साथी नेपालले यसअघि अपांगता भएका बालबालिकाका लागि सिमरास्थित नेपाल अपांग सेवा संघको कार्यालय परिसरमा दुई कोठे भवन निर्माण कार्य सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्