जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा


eShilalekh

४ पुष २०८१, बिहीबार १८:२८

सिमराः जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट् फाइनलमा प्रवेश गरेको हो ।

टियु मैदानमा कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।

यसैगरी हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए भने आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गरेको थियो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन बनाए ।
जनकपुरले अब फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्