पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुरीलाई पितृशोक
सिमराः नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् कान्तिपुर दैनिकका रौतहट संवाददता शिव पुरीलाई पितृशोक परेको छ ।
पुरीका ८७ वर्षीय बुवा पूर्णबहादुर पुरीको आइतबार राती निधन भएको हो । पुरी लामो समयदेखि स्वास्थ्य समस्यामा थिए ।
पत्रकार पुरीका बुवाको निधनपछि संचारसम्बद्ध विभिन्न संघसंगठनले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेका छन् ।