म्याद नाघेका सवारी साधनको एक वर्षभित्र नविकरण गराएमा सबै जरिवाना छुट हुने
सिमराः मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ राजपत्रमा प्रकाशित भएसंगै म्याद सकेका सवारी साधनको एक वर्षभित्र नविकरण गराएमा सबै जरिवाना छुट हुने भएको छ ।
मधेश प्रदेश सरकारले २०८१ मंसिर १९ गते प्रकाशित गरेको राजपत्रमा एक वर्षसम्म जरिवाना छुट गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार म्याद नाघेका सवारी साधनका धनीले जरिवाना नतिरी नविकरण गर्न पाउने भएका छन् ।
छुटको व्यवस्था भने एक वर्षका लागि मात्रै तोकिएको छ । राजपत्र प्रकाशित भएको एक वर्षसम्म मात्रै यो व्यवस्था लागू हुनेछ । त्यसपछि एक वर्ष म्याद नाघेका सवारी साधनले एक सय प्रतिशत, दुई वर्ष म्याद नाघेका सवारी साधनले दुई सय प्रतिशत, तीन वर्ष म्याद नाघेका सवारी साधनले तीन सय प्रतिशत, चार वर्ष म्याद नाघेका सवारी साधनले चार सय प्रतिशत र पाँच वर्ष म्याद नाघेका सवारी साधनले पाँच सय प्रतिशत दस्तुर तिरेर मात्रै नविकरण गर्न पाउनेछन् ।
मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ३५ को उपदफा ४ मा यो व्यवस्था उल्लेख छ ।
हेर्नुस् ऐनले गरेको व्यवस्थाः