सिमरामा कुमारी बैंकको उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न
सिमरा: लघु, साना तथा मझौला उद्यमलाई लक्षित गर्दै कुमारी बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको मधेश प्रदेश कार्यालयले सिमरामा कार्यक्रम आयोजना गरेको हो ।
मधेश प्रदेश भित्रका लघु, साना तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्न र त्यसमा आवद्ध व्यवसायीलाई वित्तीय कारोबारको विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कुमारी बैंकका ट्रान्जेक्शन बैंकिङ प्रमुख अर्पण पौडेलले जानकारी दिए । कार्यक्रममा पौडेलले प्रशिक्षकको रुपमा सहजीकरण गरेका थिए ।
युएसएआईडीसंगको सहकार्यमा आयोजित कार्यक्रमले व्यावसायिक तथा उद्यमशील सोचलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्नेमा आशावादी रहेको पौडेलको भनाइ थियो । बैंकले उक्त कार्यक्रम प्रदेशका सबै जिल्लामा गर्ने र व्यवसायीले सहजै बुझ्न सक्ने वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियोलगायत सामग्री प्रकाशन गर्ने तयारी रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा मधेश प्रदेश संचालन प्रमुख रन्जितकुमार यादव, प्रदेश प्रमुख समिर आचार्य, कुमारी बैंक जीतपुर शाखा प्रमुख कृष्ण पौडेलसहित विभिन्न शाखाका प्रमुख, कर्मचारी, जीतपुरसिमरा भित्र विभिन्न उद्यम र व्यवसायमा आवद्ध व्यक्ति, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।