साना किसान सहकारीको डुमरवाना र फत्तेपुरको कार्यालयमा चोरी
सिमराः साना किसान कृषी सहकारी संस्थाको डुमरवाना र फत्तेपुरको कार्यालयमा बिहीबार राती चोरी भएको छ । जीतपुरसिमरा १२ स्थित फत्तेपुरमा रहेको सहकारीबाट १२ लाख र जीतपुरसिमरा १५ स्थित डुमरवानामा रहेको सहकारीबाट ६५ हजार नगद चोरी भएको हो ।
कार्यालयको ताला फोडेर भित्र प्रवेश गरेका चोरको समूहले भल्ट फुटाएर नगद चोरी गरेका हुन् । चोरको समूहले दुबै कार्यालयमा राखिएको सिसिटिभी क्यामराको हार्डडिस्क समेत लगेका छन् ।
दुई कार्यालय करिब दुई किलोमिटरको दुरीमा छन् । दुबै कार्यालयमा भएको चोरीको प्रकृति एउटै छ । फत्तेपुरमा रहेको सहकारी कार्यालयको ५० मिटर पूर्वतर्फ प्रहरी चौकी छ । प्रहरी चौकी नजिकै भएपनि चोरको समूह सहकारीबाट १२ लाख चोरेर फरार भएका छन् ।
चोरीका दुबै घटनामा संलग्न व्यक्तिहरु पक्राउ परेका छैनन् । घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।