अमलेखगञ्जमा मनाइयो तमु ल्होसार, तमु क्लबको साधारणसभा सम्पन्न
सिमराः तमु ल्होसार पर्वको अवसर पारेर जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा सोमबार विशेष कार्यक्रमको आयोजना गरिएको छ । पर्वको अवसरमा तमु समुदायले सांस्कृतिक भेषभुषासहित झाँकी प्रदर्शन गर्दै विविध कार्यक्रम गरी मनाएका हुन् ।
झाँकी प्रदर्शनसंगै तमुस्यो आमा समूहले अमलेखगञ्जमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमु क्लबका संरक्षक केन्द्र गुरुङ, तमु गुठी समाजका अध्यक्ष कुलबहादुर गुरुङ, तमु क्लबका अध्यक्ष नरेश गुरुङ, मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास श्रेष्ठ, चुरियामाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपाल घलान, ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की, तमु समाजका जेष्ठ पुरुष खड्कबहादुर गुरुङ, तमु समाजकी जेष्ठ महिला खड्माया गुरुङ, समाजसेवी रेलबहादुर गुरुङलगायत तमु समुदायका स्थानीयको उपस्थिती रहेको थियो ।
तमुस्यो आमा समूहकी अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण निरन गुरुङले गरेका थिए । कार्यक्रममा सुकबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
यसैगरी तमु क्लब अमलेखगञ्जको तस्रो वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । तुम ल्होसारको अवसर पारेर आयोजित कार्यक्रममा साधारणसभा समेत आयोजना गरिएको थियो ।
अमलेखगञ्जमा तमु ल्होसारलाई उत्साहका साथ मनाउने गरिन्छ । तमु ल्होसारको अवसर पारेर अमलेखगञ्जमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।