१० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
सिमराः १० किलो लागूऔषध गाँजासहित बारा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रसौनी गाउँपालिका ५ प्रष्टोकाबाट बेहलियातर्फ जाँदै गरेको भारतीय बोलेरो जीपमा सवार तीन जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ३८ वर्षीय धर्मेन्द गुप्ता, ४८ वर्षीय चन्द्रभान कुशवाहार ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् । गाडीसहित नियन्त्रणमा लिइएका उनिहरुमाथि कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।