अधिकारीको नेतृत्वमा नेरामावि सिमराको विद्यालय व्यवस्थापन समिति चयन
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । विद्यालयमा शनिबार सम्पन्न भेलाले कृष्णकुमार अधिकारीको नेतृत्वमा व्यवस्थापन समिति सर्वसम्मत् चयन गरेको हो ।
नगर शिक्षा नगर शिक्षा ऐन २०७५ को परिछेद ५ को १९ बमोजिम वडा नम्बर २ को को कार्यालयबाट अधिकारी यसअघिनै अध्यक्षमा लागि उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखामा सिफारिस भईरहेका छन् । अधिकारीबाहेक अन्य चार सदस्य अभिभावकको भेलाले सर्वसम्मत चयन गरेको हो ।
भेलाले व्यवस्थापन समितिको सदस्यमा विकास पाण्डे, सोमलाल बोम्जन, विनोदकुमार मण्डल र फुलमाया तामाङलाई चयन गरेको हो । समितिमा चन्दादाताबाट एक, शिक्षाप्रेमी तथा समाजसेवीबाट एक, वडा प्रतिनिधिबाट एक र विद्यालयका शिक्षकबाट एक जना चयन हुन बाँकी छ । विद्यालयका प्रधानाध्यापकसहित ११ जना विद्यालय व्यवस्थापन समितिमा रहनेछन् ।
यसैबिच अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । विनोदकुमार मण्डलको नेतृत्वमा गठित ९ सदस्यीय समितिमा थानेश्वर पाध्या, रामकिशोर झा, सुमित्रा तिमिल्सिना, रामप्रसाद सिलवाल, गंगाबहादुर श्रेष्ठ, सुनिता सुवेदी, राजन अधिकारी, महेन्द्र सहनी रहेका छन् ।