मकर सङ्क्रान्ति उल्लासका साथ मनाइँदै


eShilalekh

१ माघ २०८१, मंगलवार १०:१६

सिमराः माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदै छ । माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने गरिन्छ । माघ स्नान गर्न विभिन्न जलाशयमा भक्तजनको भीड लागेको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटो हुने क्रम सुरु हुनेछ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

सङ्क्रान्तिका दिनमा थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । बारामा थारु समुदायले माघी महोत्सवलगायका कार्यक्रम आयोजना गरिरहेका छन् । थारु समुदायले मेलमिलाप र सद्भावको पर्वका रुपमा मनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्