जय ट्रफी फाइनलः पुलिसविरुद्ध आर्मीले लियो अग्रता


eShilalekh

२ माघ २०८१, बुधबार १३:२६

वीरगन्जः जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध अग्रता लिएको छ ।

एक सय ३३ रन बनाउँदै पालि समाप्तिको घोषणा गरेको पुलिसविरुद्ध ब्याटिङ थालेको आर्मीले अग्रता लिएको हो । आर्मीले यो समाचार तयार पार्दासम्म १८ रनको अग्रता लिईसकेको छ ।

आर्मीले ३४ ओभरमा ६ विकेट गुमाउँदै एक सय ५१ रन जोडेको छ । आर्मीका लागि भिम सार्कीले ५८ रन बनाएका छन् । प्रतियोगितामा भिमको यो दोस्रो अर्धशतक हो । यसअघि उनले मधेस प्रदेशविरुद्ध ५२ रन बनाएका थिए ।

आर्मीविरुद्ध पुलिसका सागर ढकालले चार विकेट लिएका छन् । यसैगरी ललित राजवंशी र गुलशन झाले एक/एक विकेट हात पारेका छन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पालिमा ९ विकेटको क्षतिमा एक सय ३३ रन बनाउँदै पालि समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि कुशल भुर्तेलले ५१ रन बनाए । भुर्तेलको जारी प्रतियोगितामा दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि मधेसविरुद्ध ६३ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्