वीरगन्जका विद्यालयहरू थप तीन दिनका लागि बन्द
सिमरा: वीरगन्ज महानगरपालिकाले मौसममा सुधार नआएपछि सामुदायिक र संस्थागत विद्यालयहरू थप तीन दिनका लागि बन्द गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै मौसममा सुधार नआएको र चिसो कायमै रहेको हुनाले विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै विद्यालयहरूको पठनपाठन स्थगित गरेको हो ।
यसअघि पनि वीरगञ्ज महानगरपालिकाले पुस महिनामा चिसोका कारण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पुस २४ देखि २६ गतेसम्म विद्यालयहरू बन्द गरिएको थियो । अब माघ महिनामा तीन दिनको थप बिदा घोषणा गरिएको छ ।
महानगरपालिकाले माघ २ गतेदेखि ४ गते सम्म बिदा दिइएको सूचनामा उललेख गरिएको छ ।