प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न


eShilalekh

५ माघ २०८१, शनिबार २१:०७

सिमरा:  प्रेस सेन्टर नेपाल बाराको पाचौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । निर्वाचित पदाधिकारी र सदस्यलाई निर्वाचन कमिटी सदस्य रमेश साहले सपथ ग्रहण गराएका थिए ।

सेन्टरको जिल्ला अधिवेशनले रञ्जन यादवको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रदीप गौतम, प्रियंका सर्राफ, सचिवमा अखिलेश यादव, सहसचिवमा काजल कार्की, विशाल सर्राफ र कोषाध्यक्षमा शर्मालाल बैठा चयन भएका थिए भने सदस्यमा पप्पु साह, विकास गुरुङ, महेन्द्र सहनी, राजेश चौधरी, विजेन्द्र चौधरी, प्रलाद चौरसिया र लालबाबु कुशवाहालाई चयन गरिएको थियो ।

सपथ ग्रहण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजाललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्