आगो ताप्ने क्रममा जलेर प्रसौनीमा एक वृद्वाको मृत्यु
सिमरा: बाराको प्रसौनीमा आगोले जलेर एक वृद्वाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका ७ बन्जरीयामा आगोले जलेर ७५ वर्षीया रजिया साह कानुको मृत्यु भएको हो ।
चिसोबाट जोगिन घर अगाडी बालिएको परालको घुर ताप्ने क्रममा लुगामा आगो सल्किएपछी वृद्वा जलेर घाइते भएकी थिइन् । आगोले जले लगत्तै उनलाई उपचारका लागि वीरगन्ज लगिएको थियो ।
वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
उनको शव शल्यपरीक्षणपछि परिवारले बुझेका छन् ।