तराई क्षेत्रका सिमरासहित तीन विमानस्थलको उडान अवरुद्ध

सिमराः तराईमा बाक्लो हुस्सुका कारण हवाई उडानहरू प्रभावित भएको छ ।
तराई क्षेत्रका सिमरासहित तीन विमानस्थलको उडान अवरुद्ध भएको हो । पर्याप्त भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म सिमरा, भद्रपुर र जनकपुर विमानस्थलमा उडान अवतरण अवरुद्ध भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।