नव जनजागृति यूवा क्लबका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए सपथ


eShilalekh

११ माघ २०८१, शुक्रबार २२:२४

सिमराः नव जनजागृति यूवा क्लबका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । निर्वाचन समितिका संयोजक सुमनकुमार भट्टराईले पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

पुष २९ गते सम्पन्न क्लबको छैठौं अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको थियो । समितीको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी, सदस्यमा नवराज न्यौपाने, शरदचन्द्र भट्टराई, दीपक भट्टराई, सुधिरजंग राणा, रिता कँडेल, ईश्वर थपलिया, सन्तोष दाहाल, निराजन थापा, विक्रम श्रेष्ठ, बसन्त लामा र मनोज राई चयन भएका थिए ।

नव जनजागृति यूवा क्लब जीतपुरसिमरा गोल्डकप आयोजक क्लब हो ।

प्रतिक्रिया दिनुहोस्