थानीमाई सामुदायिक वन समूहको १९औं वार्षिक साधारणसभा सम्पन्न

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित थानीमाई सामुदायिक वन समूहले आफ्नो १९औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ ।
साधारण सभामा वन संरक्षण, स्थानीय समुदायको भूमिका र वनसम्बन्धी विभिन्न योजनाहरूको समीक्षा गरिनुका साथै आगामी योजना तय गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका पूर्वउद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सामुदायिक वनहरूको महत्व र स्थानीयको आर्थिक विकासमा यसले पुर्याएको योगदानबारे प्रकाश पार्दै सामुदायिक वनहरूको सुदृढीकरणका लागि आप्mनो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहकार्य अझ मजबुत बनाउनुपर्ने आवश्यकता बताए ।
कार्यक्रममा पथलैया सब डिभिजन बन कार्यालयका प्रमुख बिमल ठाकुर,वडा नं २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं ३ का कार्यबाहक वडा अध्यक्ष माया बि.क. वडा नं ४ का वडा अध्यक्ष भोज बहादुर खत्री, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल लगायत स्थानीय जनप्रतिनिधि, वन समूहका पदाधिकारीहरू र वनका लाभग्राहीहरूको उपस्थिति रहेको थियो ।
थानीमाई सामुदायिक वन समूहका अध्यक्ष गोबिन्द अधिकारी बिनोदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्ब्य कोषाध्यक्ष श्याम सुबेदीले ब्यक्त गरेका थिए ।