लायन्स क्लब जीतपुर सिमराद्वारा अपाङ्ग बालबालिकालाई पौष्टिक भोजन प्रदान
सिमराः लायन्स क्लब जितपुर सिमराले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सोमबार सिमरास्थित नेपाल अपाङ्ग सेवा संघ, बाराको प्राङ्गणमा अपाङ्ग बालबालिकालाई पौष्टिक भोजन प्रदान गरेको छ ।
लायन्स क्लब जितपुर सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रथम उप गवर्नर बिनय बस्नेत, उद्योगपति पूनम चन्द अग्रवाल, हिरा सिंह ठाकुर, समाजसेवी राज कुमार सिंधी, उप गवर्नर राम बिहारी पाण्डे, रिजन चेयरपर्सन कृष्ण बर्त सिंह लगायतको उपस्थिती रहेको थियो ।
क्लबले ३० जना अपाङ्ग बालबालिकालाई पौष्टिक भोजन प्रदान गरेको हो ।