सरकारद्वारा सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना


eShilalekh

१५ माघ २०८१, मंगलवार १७:१७

सिमराः सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा सामाजिक सञ्जाल ‘प्ल्याटफर्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी ल्याइएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने व्यवस्था राखिएको छ । सामाजिक सञ्जालमा ‘ट्रोल’ गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव विधेयकमा गरिएको छ ।

विधेयकमा अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने, राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, साइबर बुलिङ गर्न नहुने, साइबर स्टकिङ गर्न नहुने लगायतका विषयहरु छन् ।

कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ । डिपफेक भिडियो अपलोड वा प्रसार गर्नुलाई पनि दण्डनीय मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्