४६औं स्थापना दिवसको अवसरमा व्हिनद्वारा सिमरामा विशेष कार्यक्रमको आयोजना
सिमरा: औद्योगिक क्षेत्रको पहिलो ट्रेड युनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) को ४६औं स्थापना दिवस सिमरामा पनि मनाइएको छ । देश्व्यापी कार्यक्रम अन्तर्गत व्हिन मधेस प्रदेश कमिटीले सिमरामा विशेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितीका सभापती मन्जु थापामगरले श्रमिकका हक अधिकारका जायज र कानुनी मागमा हस्तक्षेप बढनु दुर्भाग्यपूर्ण रहेको बताइन् । मजदुरको जायज मागलाई सम्बोधन गरेर
समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीले देशमा आकर्षक रोजगारी र पारिश्रमिक नहुँदा यूवा जनशक्ति कामको लागि विदेश पलायन हुनुपरेको भन्दै यूवा जनशक्तिलाई देशमै बस्ने वातावरण निर्माण गर्न सके कामका लागि घर, परिवार र समाज छोडेर विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
थामीले त्यसका लागि सुरक्षित कामको वातावरण र वर्तमान न्यूनतम पारिश्रमिकमा वृद्धि गरेर असन्तुलित एवम् आकर्षण विहीन श्रम बजारलाई मर्यादित र भरोषायोग्य बनाउन सकिने बताए ।
कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेशका सचिव मनोज पौडेल, व्हिनका केन्द्रीय सचिव गीता भण्डारी, सदस्य मनोज चौधरी लगायतले मन्तव्य राखेका थिए ।
समग्र उद्योग ट्रेड युनियन नेपाल मधेस प्रदेश कमिटीका अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेम चौधरीले गरेका थिए । कार्यक्रममा रामतप्सी पटेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो।