निजामती कर्मचारी संगठन बाराको अधिवेशन सम्पन्न, अध्यक्षमा साह


eShilalekh

१६ माघ २०८१, बुधबार १७:४४

सिमराः नेपाल निजामती कर्मचारी संगठन बाराको अध्यक्षमा सागरकुमार साह चयन भएका छन् । कलैयामा सम्पन्न १२औँ अधिवेशनले सर्वसम्मतरूपमा साहको नेतृत्वमा कमिटी चयन गरेको हो ।

कमिटीकोे उपाध्यक्षमा सुरेशप्रसाद साह, महिला उपाध्यक्षमा भावना कर्ण , सचिवमा रामजनम पंडित, सहसचिवमा सुनिलकुमार साह र कोषाध्यक्षमा केशव चौहान चयन भएका छन् । यसैगरी सदस्यमा अरुण बस्नेत, रमेशप्रसाद कुर्मी, टेकबहादुर घिमिरे, प्रभु राम, कविता देवकोटा न्यौपाने, बच्चा सिंह दनुवारलाई चयन गरिएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा बालाराम खडका, बाबुराम घिमिरे, नविन खनाल र रंजिता साहलाई चयन गरेको छ । नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य राजेन्द्रकुमार कार्की, कौशल किशोर झा र तुलि चन्द ठकुरी, मधेश प्रदेश इन्चार्ज नौतम पोखरेल, नेकपा एमालेका प्रदेश सदस्य दिनेश्वर ठाकुरलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण नविन खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्