पथलैयाबाट करिब दुई सय १० किलो लागूऔषध गाँजा बरामद

सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले करिब दुई सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा लागूऔषध गाँजा बरामद भएको हो ।
प्रहरीले गाडी तलासी गर्दा बक्स पलङभित्र लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ । पिकअप गाडीका चालक भने फरार छन् ।
फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।