निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढोस्ः माधव नेपाल


eShilalekh

२० माघ २०८१, आईतवार १३:०८

सिमराः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।

रौतहटको गौरमा शनिबार ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यवसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए ।

स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिले आवश्यकताका आधारमा पहल गर्नुपर्ने भन्दै दिर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिएका थिए ।

कार्यक्रममा मधेश प्रदेशसभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्