भिरबाट लडेर पटेर्वा सुगौलीका एक जनाको मृत्यु


eShilalekh

२० माघ २०८१, आईतवार १४:४४

सिमराः मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका ३ ठूलोदेवली का ४२ वर्षीय राजकपुर चौधरी रहेका छन् । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडक छेउमा रहेको भिडबाट ७० मिटर तल लडेर गम्भीर घाइते भएका चौधरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अर्यालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्