बारा प्रहरीद्वारा ६३ किलो लागूऔषध गाँजासहित दुई मोटरसाईकल नियन्त्रणमा


eShilalekh

२१ माघ २०८१, सोमबार १४:१६

सिमराः बारा प्रहरीले ठुलो मात्रामा लागूऔषध गाँजासहित दुई मोटरसाईकल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले ६३ किलो लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगँज खजानी बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, सुवर्ण गाउँपालिका ३ बकतौरास्थित नेपालबाट भारततर्फ जाँदै गरेको बा.प्र.०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाईकल जाँच गर्दा उक्त लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । मोटरसाईकल चालक भने फरार रहेका छन् ।

बरामद भएको लागूऔषध र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्