रौतहट प्रहरीद्वारा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ


eShilalekh

२१ माघ २०८१, सोमबार १४:२६

सिमराः रौतहट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ चिडियादहका ३१ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई १.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्