बारामा लागूऔषध अफिमसहित एक जना पक्राउ


eShilalekh

२१ माघ २०८१, सोमबार १४:३६

सिमराः बारा प्रहरीले लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका २ बैकुण्ठका ४५ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनलाई जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा चोकमा ३ किलो ४४ ग्राम अवैध लागूऔषध अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

वीरगञ्ज पथलैया खडकखण्डको फुटपाथमा खैरो रङको झोलाभित्र अफिम बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधको कसुरमा म्याद लिएर अनुसन्धान कार्य अघि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्