पर्सा प्रहरीद्वारा ३२ लाख भन्दा बढीको भन्सार छलीका सामग्री नियन्त्रणमा
![](https://i0.wp.com/www.eshilalekh.com/wp-content/uploads/2025/02/dpo-parsa-5.jpg?fit=2000%2C1074&quality=95&strip=all&ssl=1)
सिमराः जिल्ला प्रहरी कार्यालय पर्साले ३२ लाख भन्दा बढीको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ३२ लाख ४३ हजार ५५५ रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । बरामद गरिएका सामान विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडा रहेको छ ।
वडा प्रहरी कार्यालय विर्ता, वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बरामद गरेका सामग्रीका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।