काखको छोरी छोडेर ९ दिनदेखि बेपत्ता भएको छोरो खोज्दैछिन् आमा


eShilalekh

२५ माघ २०८१, शुक्रबार २२:०९

सिमराः बाराको जीतपुरबाट तीन वर्षीय अंश चौधरी बेपत्ता भएको आज शुक्रबार दिन वितेको छ । माघ १७ गते बिहानदेखि हराएका अंशको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

घर नजिक र बजार क्षेत्रको केही सिसिटिभी क्यामरामा कैद भएका अंश त्यसयता भने अज्ञात छन् । सिसिटिभी क्यामराको फुजेटलाई पछ्याउँदै खोजी भईरहेपनि अंशलाई फेला पार्न सकिएको छैन ।

बालकको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिसकेको छ । तर अबोध बालक कहाँ छन् भन्ने अवस्था कसैले थाहा पाउन सकेको छैन ।

छोराको अवस्था अज्ञात बनिरहँदा आमा अञ्जलीसहित परिवारका सदस्य निकै पीडामा छन् । ९ दिनदेखि हराएको छोरा खोज्न आमा अञ्जली काखमा भएको पाँच महिने छोरी छोडेर हिडिरहेकी छिन् ।

रौतहटको दुर्गाभगवती गाउँपालिका १ घर भएकी अञ्जलीले छोरा अंशलाई करिब डेढ महिनाअघि बाराको जीतपुरस्थित मामाघर पठाएकी थिईन् । अत्यधिक चिसोका कारण दुई बच्चालाई एकैसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर ल्याइएको थियो ।

अंश डेढ महिनादेखि मामाघरमै बस्दै आएका थिए । मामाघरमा उनलाई हजुरआमाले स्याहार गरिरहेकी थिईन् । माघ १७ गतेपनि अंश हजुरआमाकै नजर सामु थिए । अंश घरको आगनमा खेलिरहेका थिए भने हजुरआमा घरको काम समेत गरिरहेकी थिईन् । त्यसैबेला आगनबाट बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सिसिटिभी क्यामरामा एक्लै दौडिरहेको अवस्थामा कैद भएका थिए । घरवरपरको क्षेत्रमा खोजी गरिएपनि नभेटेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवाले प्रहरीले बालक हराएको खबर पाएपछि प्रहरीले खोजी गरिरहेको बताईन् ।

यहाँ क्लिक गरेर भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्