कुटपिटको आरोपमा पर्साका दुइसहित ४ जना पक्राउ


eShilalekh

२९ माघ २०८१, मंगलवार १२:३३

काठमाण्डौँ : गौशालामा एक युवकलाई कुटपिट गरी लुटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका ३२ का १८ वर्षीय परबेश अन्सारी, सोही ठाउँका १८ वर्षीय नजमुदिन अन्सारी, गोरखा नगरपालिका १३ का १८ वर्षीय जनेद हुसेन र चितवनको पिप्ले घर भएकी १९ वर्षीय रश्मी क्षेत्री रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

माघ २४ गते रातिको साढे १० बजेतिर इटहरी घर भएका एक युवकलाई युवतीको प्रयोग गरी एकान्त स्थानमा लगेर केटाहरु बोलाई युवकलाई लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले ती युवकको मोबाइल, पर्स, घडी लुटेर लगेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्