धनुषामा एक महिलाको मृत्यु

धनुषाः धनुषामा बुहारीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकनन्दनी गाउँपालिका ५ की ६५ वर्षीय समुन्द्रीदेबी मण्डल रहेकी छिन् । हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीय रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार राति घरायसी विवाद हुँदा रक्षा कुमारीले सासुलाई कुटपिट गरेकी थिईन् । झगडामा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ ।