बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन पुनः सञ्चालन

सिमराः पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयहरु आजदेखि सञ्चालनमा आएको छ ।
नगरपालिका अन्तर्गतको विद्यालयका शिक्षक र कर्मचारीहरुले आ.व. २०८१।०८२ को श्रावण महिनादेखि हाल सम्म तलव–भत्ता र विद्यालय सञ्चालन खर्च नपाएका भन्दै माघ ६ गते देखि विद्यालय बन्द गरी विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाएका थिए ।
माध्यामिक शिक्षक परीक्षा (एस.ई.ई) लाई मध्यनजर गर्दै आजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जनाएको छ ।
शिक्षक महासंघकै नेतृत्वमा शिक्षकहरुले नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाएका थिए ।
साँचो फिर्ता दिदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राख्दै शिक्षकहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा किर्तज्ञता व्यक्त गरे ।