प्रेस चौतारी नेपाल बाराको अधिवेशन सम्पन्नः सापकोटाको नेतृत्वमा कार्यसमिति चयन

निजगढः प्रेस चौतारी नेपाल बाराको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले थानेश्वर सापकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जिउतप्रसाद यादव, महिला उपाध्यक्षमा निलिसा बर्मा, सचिवमा श्याम गुप्ता, सहसचिवमा धिरेन्द्र तिवारी, समावेशी सहसचिवमा बुधन चौधरी र कोषाध्यक्षमा प्रलाद तिमिल्सिना चयन भएका छन् । यसैगरी समितिको सदस्यमा तुलसा घिमिरे, विपिन अधिकारी, मनोज उपाध्याय, मनोज साह, भवानी सुवेदी, प्रवेश चौधरी, रोशन गुप्ता, अनिलप्रित चौधरी, विशाल तिमिल्सिना, अजित कोइराला, सुशिला रेग्मी, भोलानाथ पौडेल, इन्दिरा चौधरी र आदित्य मिश्र चयन भएका छन् ।
अधिवेशनले प्रेस चौतारीको केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने गरी गोकुल घोरसाइने, रमेश सुवेदी, इन्दीप कोइराला र निलिसा बर्मालाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ । यसैगरी निवर्तमान अध्यक्ष दिवाकर भण्डारी, निवर्तमान उपाध्यक्ष राधेश्याम पटेल, शम्भु महतो र तुलसा घिमिरेलाई प्रदेश प्रतिनिधि चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गरेका थिए । अधिवेशनको उद्घाटन समारोहमा पोलिटव्यूरो सदस्य एवम् बारा क्षेत्र नं. ३ की सांसद ज्वालाकुमारी साह, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अच्युत पौडेल, श्याम बन्जारा, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, नेकपा एमाले बाराका उपसचिव जवाहिर अंसारी, प्रेस चौतारीका इन्चार्ज दुर्गा गौतम, नेपाल पत्रकार महासंघ मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, अम्बिका चौलागाईं, लिलादेवी लामिछाने खनाल, अञ्जु नेपाली, एमाले बाराका सचिव अमृतशर्मा बजगाईंलगायतको उपस्थिती रहेको थियो । चौतारी बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न सहजीकरण सहसचिव इन्दीप कोइरालाले गरेका थिए । कार्यक्रममा महिला उपाध्यक्ष निलिसा बर्माले स्वागत मन्तव्य राखेकी थिईन् ।