१० किलो लागूऔषध गाँजासहित एक पक्राउ


eShilalekh

५ फाल्गुन २०८१, सोमबार २१:५३

सिमराः प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । राजमार्गमा सवारी जाँचका क्रममा प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट एक पुरुषलाई गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ का ३७ वर्षीय सूर्य पाख्रिन रहेका छन् । हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना४ख ७१६५ नम्बरको बसमा सवार पाख्रिनले झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वको प्रहरी टोलीले बस जाँच गर्दा पाख्रिनलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्