जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी सापकोटाको सरुवा


eShilalekh

६ फाल्गुन २०८१, मंगलवार १२:५३

सिमराः जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार ४८ जना डिएसपीको सरुवा गरेसंगै बाराका डिएसपी सापकोटाको सरुवा भएको हो ।प्रहरी प्रधान कार्यालयले सापकोटालाई नेपाल प्रहरी प्रदेश कार्यालय मानवश्रोत व्यवस्थापन शाखा पोखरामा सरुवा गरेको छ ।

उनको ठाउँमा डिएसपी विजयराज पण्डित आउने भएका छन् । उनी ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्