बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

सर्लाहीः रामबहादुर बमजनविरुद्ध सर्लाही जिल्ला अदालतमा सोमबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको हो ।
यसअघि बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो । उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो ।