पर्सा प्रहरीद्वारा लागूऔषध गाँजा र चरेससहित दुईजना पक्राउ


eShilalekh

८ फाल्गुन २०८१, बिहीबार १५:३९

सिमराः पर्सा प्रहरीले लागूऔषध गाँजा र चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं २ हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका १६ का ३० वर्षीय आरती यादव र भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारी रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेटमा सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको अवस्था लागु औषध बरामद भएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले जानकारी दिए । प्रहरीले लागूऔषध गाँजा ६ किलो र दुई किलो चरेशसहित अधिकारीलाई पक्राउ गरेको हो ।

यसैगरी जाँच गर्ने क्रममा यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको अवस्थामा प्रहरीले ११ किलो चरेस बरामद गरेको हो ।

पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्