सामुहिक बलात्कार पीडित सदाको परिवारलाई भेट्न पुगे गृहमन्त्री लेखी

सिराहाः मधेश प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी रिंकुकुमारी सदाको परिवारसंग भेटघाट गरेका छन ।
सदा माघ ३० गते राति ७ः२० बजे आफ्नै घरमा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
गत माघ २६ गते बेलुका ९ बजेतिर शौच गर्न निस्किएकी सदा ६ घण्टापछि रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन । सदाले आफू बलात्कारमा परेको कुरा परिवारलाई बताएकी थिइन । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको बताएकी थिइन् ।
स्थानीय प्रहरी प्रशासन सहित पीडितको घर पुगेका मन्त्री लेखीले दोषीलाई उम्कन नदिने प्रतिवद्धता जनाएका छन । उनले पीडितले उन्मुक्ति पाउने गरि कुनै काम नहुने बताए । मन्त्री लेखीले स्थानीय सरकार, स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई घटनाको सत्य तथ्यबारे जानकारी दिन समेत आग्रह गरेका छन ।
उनले प्रहरी प्रशासलाई समेत घटनाको निष्पक्ष रुपमा अनुसन्धान गर्न र दोषीलाई कानुनी कारावाहीको दायरामा ल्याउन निर्देशन दिएका छन ।