जनकपुरको सुधार केन्द्रमा एक युवकको मृत्यु

जनकपुरः जनकपुरस्थित किशोर फाउण्डेशन सुधार केन्द्रमा एक युवकको बुधबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन सुधारकन्द्रमा बसिरहेका उनको मृत्यु भएको हो ।
किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान ११ बजेतिर यादवलाई जनकपुरको समर अस्पताल लगिएको थियो ।
यादवको अवस्था सामान्य भएपछि चिकित्सकले फिर्ता पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा उनको मृत्यु भइसकेको प्रादेशिक अस्पताल आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिए ।
धनुषा प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ ।